भिरबाट लडेर महिलाको मृत्यु

बिहीबार, असार ६, २०८१

जाजरकोट - जाजरकोटमा भिरबाट लडेर महिलाको मृत्यु भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना


भेरी नगरपालिका-१ खहरेपाखा की ५१ वर्षीया पानमता सुनारको मृत्यु भएको हो। मंगलबार घर नजिकैको जंगलमा घाँस काट्न गएको उनी भिरबाट लडेकी थिइन्।

लडेर गम्भीर घाइते भई जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्
समाचार