दाङमा बाढीमा ट्याक्टर फँस्दा एक जनाको मृत्यु

शनिबार, असार २२, २०८१

दाङ - दाङको राजपुर गाउँपालिकामा गंगदी खोलाको बाढीमा ट्याक्टर फँस्दा एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका –५ निवासी ५२ वर्षीय छेदिराम चौधरीको मृत्यु भएको हो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

वडा अध्यक्ष टंकबहादुर विष्टका अनुसार ट्याक्टरमा चालकसहित तीन जना सवार रहेका थिए। खोला तर्ने क्रममा खाडलमा ट्याक्टर फँसेपछि सवार छेदिराम चौधरीको खुट्टा फसेर मृत्यु भएको छ ।

दुई जना सकुशल रहे पनि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो । रा १ त २१६६ नम्बरको ट्याक्टर खोला पार गर्ने क्रममा फसेको थियो। ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीको उद्धार गरिएको छ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्
समाचार