कक्षा १२ को परीक्षामा वडाध्यक्ष उत्तीर्ण

शुक्रबार, साउन १८, २०८१

काठमाडौं  -  कक्षा १२ को परीक्षामा मनहरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनाल पनि उत्तीर्ण हुनु भएको छ । ५२ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिएका वडाअध्यक्ष खनाल पनि उत्तीर्ण हुनु भएको छ I

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

भनिन्छ पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरणलाई स्थापित गर्दै उनले जीवनको यो उमेरमा पढाइलाई निरन्तरता दिनु भएको थियो।

आफ्नो छोराछोरीको उमेरका बालबालिकाहरुसँगै पठनपाठन गर्दै उनी कक्षा १२ को परीक्षामा सहभागी हुनु भएको थियो । उनले २।४१ जीपीए प्राप्त गरेका छन् । यसभन्दा अगिल्लो वर्ष कक्षा ११ को परीक्षामा पनि २.५३ जीपीए प्राप्त गरी उनी उत्तीर्ण हुनु भएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्