बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

आजदेखि एसइई ग्रेड वृद्धि परीक्षा,देशभरीबाट दुई लाख १० हजारले दिने

बुधबार, साउन २३, २०८१

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दै छ । बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा दुई लाख १० हजार सहभागी हुँदै छन् । यस्तो परीक्षामा सहभागी हुन जिल्लामै फाराम भर्न पाउने व्यवस्था छ । महिना दिनअघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार जना भए पनि दुई लाख १० हजार मात्रै सहभागी हुन लागेका हुन् ।

एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेडेड ९एनजी० अर्थात् कक्षा ११ मा पढ्न नपाउने भएपछि राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था भएकोमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको जोडबलमा अनुत्तीर्ण सबै परीक्षार्थीलाई मौका परीक्षा दिने व्यवस्था गरिएको थियो ।

परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ । सबै विषयका गरी करिब छ लाख थान प्रश्नपत्र छापिएको छ । परीक्षा सञ्चालनका लागि सात करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्