दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला (बिज्ञापन सहित)

शिक्षक सेवा आयोगले खोल्यो माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन
शनिबार, साउन २६, २०८१

दाङ - शिक्षक सेवा आयोगले  माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन गरेको छ । आयोगको साउन २४ गतेको निर्णय अनुसार  माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला गरिएको छ ।

न्यूनतम शैक्षिक योग्यता पुगेका र तालिम पुगेका इच्छुक उम्मेदवारहरुले २०८१  साउनको  २६ गते देखि  २०८१ भाद्रको २३ गतेसम्म दरखास्त पेस गर्नुपर्ने छ । त्यस्तैगरी दोब्बर  दस्तुर बुझाए  भाद्र ३० गते सम्म  दरखास्त पेस  गर्नुपर्ने छ

शिक्षक सेवा आयोग नियमावली संशोधनसहित २०५७ को नियम ९ को उपनियम ९१० को खण्ड (ग) र नियम ९ को उपनियम ७ बमोजिम तोकिएको न्यूनतम शैक्षिक योग्यता र  र तोकिए बमोजिमको तालिम प्राप्त गरेका  इच्छुक व्यक्तिहरूले आयोगको आधिकारिक अनलाइन  मा गई  दरखास्त प्रणाली मार्फत अनलाइन  https://license.tsc.gov.np लगइन गरी  दरखास्त फाराम  भर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् पेस गरेका कागजातहरु राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन, संशोधन तथा थपघट गर्न नसकिने सूचनामा उल्लेख गरिएको छ । परीक्षा सञ्चालन  २०८१ कार्तिक  १० गते दिउँसो १ः०० बजे  हुनेछ । 

विज्ञापन यस्तो रहेको छ :

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २३:२१
प्रतिक्रिया दिनुहोस्