बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
नेत्रहीन टी–२० विश्वकप क्रिकेट

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हरायो हरायो

मंगलबार, मंसिर ११, २०८१

काठमाडौं -  नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानपछि बलियो टोली दक्षिण अफ्रिकालाई पनि हराएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

जहाजको टिकट काट्ने पैसा नभएपछि रेलमार्फत् भारत हुँदै पाकिस्तान पुगेको नेपाली टोलीले आफ्नो चौथो खेलमा मंगलबार दक्षिण अफ्रिकालाई पनि हराउन सफल भएको हो ।

पाकिस्तानमा जारी नेत्रही टी-२० क्रिकेट विश्वकपमा नेपालले मंगलबार दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

खेलमा नेपालले पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई १९९ रनको चुनौती दिएको थियो। नेपालको कठिन चुनौती पछ्याउने क्रममा दक्षिण अफ्रिका पूरै २० ओभर खेलेर २ विकेटको क्षतिमा १८७ रनमा समेटियो । पराजित दक्षिण अफ्रिकाका लागि बुले भिडलाले अविजित शतक बनाए पनि जित दिलाउन सकेनन् ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको नेपाली टोलीले पूरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९८ रन बनाउन सफल भएको थियो । नेपाललाई शानदार स्कोरतर्फ अघि बढाउने क्रममा नरेश चौधरीले सर्वाधिक ८० रनको गतिलो पारी खेले ।

यसअघि पहिलो र दोस्रो खेलमा नेपाली टोलीले हारको सामना गरेको थियो । सोमबार पहिलो जित निकाल्दा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको थियो ।

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्