Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकाका शिक्षकहरूलाई संगीत तालिम

बुधबार, माघ १६, २०८१

मसुरीया, १६ माघ - दाङको राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरूलाई बुधबारदेखि एक हप्ते संगीत तालिम दिन सुरू गरेको छ।

विद्यालयको शिक्षण सिकाइ सुधार गर्दै विद्यार्थीको चौतर्फी विकास गर्ने उद्देश्यले पालिकाले साे तालिम सञ्चालन गरेको हो।

धार्मिक विद्यालय बाहेक पालिकाका २७ वटा सामुदायिक विद्यालयका ५० जना शिक्षकलाई विदाको दिन पारेर तालिम दिन सुरु गरेको शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो।

उहाँका अनुसार शिक्षकहरूलाई मादल, गितार र हार्माेनियमजस्ता संगीत उपकरणहरू प्रयोग गरी विद्यार्थीलाई सिकाइमा आकर्षित गर्ने तरिका सिकाइँदैछ।

तालिमका प्रशिक्षक बेदुलाल सुवेदीका अनुसार शिक्षकहरूलाई संगीतलाई शिक्षणमा प्रभावकारी रूपमा प्रयोग गर्ने आधारभूत ज्ञान र सीप प्रदान गरिएको छ।

उहाँका अनुसार, “संगीतले सिकाइलाई सरल, रोचक र प्रभावकारी बनाउने भएकाले शिक्षकहरूलाई यसको प्रयोगात्मक ज्ञान दिइएको हो।”

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
समाचार