राप्ती स्वास्थ्य प्रतिष्ठानमा युरोलोजि सेवा सुरु

बिहीबार, जेठ १, २०८२

घोराही, १जेठ - राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा बिहिबारदेखि सुरु भएको छ । युरोलोजीष्ट(एमसिएच) सर्जन डा. सुशील खनियाले सो सेवा सुरु गर्नु भएको हो ।

अस्पतालका निमित्त निर्देशक डा. जनार्दन पन्थिले

प्रतिष्ठानमा अबदेखि युरोलोजि सेवा पनि थपिएको जानकारी दिनु भयो । अबदेखि युरोलोजि सेवा अन्तरगत पिसाब सम्बन्धि सबै, प्रोष्टेड र किड्निमा परेको पत्थरि, पिसावको नलि, थैलिको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्नीएको, पिसाव पोल्ने, चुहीने लगायतका विभिन्न सेवाहरु विरामीहरुले प्राप्त गर्ने युरोलोजिष्ट डा. खनियाले बताउनु भयो । खनिया लामो समयदेखि युरोलोजी सेवामा काम गरेको अनुभबि चिकित्सककोरुपमा परिचित हुनुहुन्छ ।

अस्पतालका निमित्त निर्देशक डा. पन्थिले युरोलोजी सेवा थप भएको र अब बिरामीले स्थानियस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने बताउनु भयो । युरोलोजिष्ट डा खनिया बिहिबार नै अस्पताल पुगेर हाजिर भएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्