गुणस्तरीय शिक्षाको प्रतीक बन्दै जनता मावि बुटनिया

बिहीबार, असार ५, २०८२

दाङ,५ असार - दंगीशरण गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालय, बुटनिया, पछिल्लो समय सामुदायिक विद्यालयको सफल र प्रेरणादायी नमुनाका रूपमा स्थापित हुँदै आएको छ। बालविकासदेखि कक्षा १० सम्म पढाइ हुने यो विद्यालयमा हाल ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयको खास विशेषता भनेको यहाँ कार्यरत सबै शिक्षक तथा कर्मचारीहरूले आफ्नै छोराछोरी पनि यही विद्यालयमा पढाउँदै आएका छन्, जसले विद्यालयप्रति शिक्षक र अभिभावकको गहिरो विश्वास प्रकट गरेको छ। विद्यालयका प्रधानाध्यापक क्रिमलाल थारुको नेतृत्वमा आएको यो परिवर्तन सहज भने थिएन।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना


शान्तिनगर गाउँपालिका–५ स्थित बैशामा रहेको हात्तीखाल प्राविबाट विद्यालय सहयोगीको रूपमा मासिक एक हजार रुपैयाँ तलबमा सेवा सुरु गरेका थारुले पछि निजी शिक्षकको रूपमा २५ सय तलबमा पढाउन थाले। आठ हजार तलब हुँदा पनि भुक्तानी नपाउँदा पुनः विद्यालय सहयोगीमै फर्कनुपरेको थियो। निरन्तर ९ वर्षको सेवा पश्चात् २०७६ सालमा शिक्षा सेवा आयोगमार्फत स्थायी शिक्षकका रूपमा जनता माविमा नियुक्ति पाए। उक्त वर्ष विद्यालयमा जम्मा ५३ विद्यार्थी थिए, भवनहरू जीर्ण थिए। तर अहिले शैक्षिक सुधारसँगै भौतिक पूर्वाधारमा पनि उल्लेखनीय प्रगति भएको छ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्
समाचार