घोराही उपमहानगरको २ अर्ब २९ करोडको बजेट सार्वजनिक, पूर्वाधारदेखि डिजिटल सेवासम्म प्राथमिकता

मंगलबार, असार १०, २०८२

509439282_1793275251589787_3299533731461265768_n-1750781203.jpg

510976624_1793275388256440_3727849980664083312_n-1750781202.jpg

510526172_1793275231589789_7728454964932946411_n-1750781130.jpg

दाङ,१० असार - घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब २९ करोड २९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

उपमहानगरपालिकाको १७ औँ नगरसभा अधिवेशनमा उपप्रमुख हुमा कुमारी डि.सी.ले नीति तथा कार्यक्रमसहित बजेट वक्तव्य प्रस्तुत गरेकी हुन्। उनले आगामी वर्ष नगरको समुचित विकासका लागि प्राथमिकताका क्षेत्रहरू स्पष्ट रुपमा प्रस्तुत गरेकी छन्।


नगरसभाका अध्यक्ष महोदय,
. संघीयताको अभ्याससंगै स्थानीय तह २०७९ को निर्वाचन पश्‍चात स्थानीय सरकारको जनप्रतिनिधिका रुपमा हामीले तेस्रो वर्षको अवधि पुरा गरिसकेका छौं।स्थानीय सरकारको घोराही उपमहानगरपालिकाको उपप्रमुखको हैसियतले आगामी आर्थिक वर्ष २०८२/८३को बजेट तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न पाउँदा गौरवको अनुभुति गरेको छु।510845787_1793275514923094_6997397346470622379_n-1750781032.jpg
. यस अवसरमा समाजको आमुल परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनार्थ इतिहासका विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, संघर्ष र क्रान्तिहरुमा आफ्नो अमुल्य जीवन आहुति गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु। विभिन्न आन्दोलनहरुको अग्रपंक्तिमा रहेर नेतृत्त्व गर्नु हुने अग्रजहरुप्रति उच्च सम्मान ब्यक्त गर्दछु।मुलुकको शासकीय संरचनालाई संघीय शासन प्रणाली सहितको लोकतान्त्रिक गणतन्त्रको यस स्वरुपमा ल्याउन महत्वपूर्ण योगदान गर्नुहुने अग्रज एवं घाइते योद्धाहरु तथा बेपत्ता नागरिकहरुप्रति उच्च सम्मान ब्यक्त गर्दछु।
. नगर स्थापनादेखि नगर निर्माणको विभिन्न चरणमा नेतृत्त्व गर्नुहुने अग्रज ब्यक्तित्वहरुले नगर निर्माणमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै उहाँहरुप्रति समेत उच्च सम्मान ब्यक्त गर्दछु।

नगरसभाका अध्यक्ष महोदय,
घोराही उपमहानगरपालिकाले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत कानूनहरुको पूर्ण पालना गर्दै कानुनी शासन, उत्तरदायी नेतृत्व र सुशासनलाई केन्द्रमा राखी स्थानीय विकासको गतिलाई तीव्र बनाउदै लगेको छ।यस अवधिमा हामीले संविधानद्वारा प्रदत्त अधिकार कार्यान्वयनका लागि बिभिन्‍न क्षेत्रगत कानून निर्माण गरी शासन प्रणालीलाई अझ व्यवस्थित र जनमैत्री बनाउदै लगेका छौं।
. स्थानीय सरकारको अभ्यास गर्ने क्रममा नेपालको संविधानले दिएको अधिकार प्रयोग गर्दै सीमित स्रोत र साधनका बीचमा पनि यस अवधीमा पूर्वाधार विकास, आर्थिक विकास‚ सामाजिक विकास‚ सेवा प्रवाह तथा सुशासनका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छौं।
. नगरको केन्द्र देखि सबै वडा केन्द्रहरुलाई यातायात सञ्जाल मार्फत जोड्ने कार्य सम्पन्न भई सामाजिक र आर्थिक रूपान्तरणमा योगदान पुगेको छ।सडक निर्माण, स्तरोन्नति र मर्मतका कार्यले आवागमन सहज बनाएको छ।
. स्वच्छ खानेपानीको पहुँच विस्तार, सिंचाइ तथा ऊर्जा पूर्वाधार निर्माण, कृत्रिम जलाशय निर्माण र वैकल्पिक ऊर्जाको प्रयोगले कृषि उत्पादनमा वृद्धि तथा वातावरण सन्तुलनका साथै आर्थिक उन्‍नयनको मार्ग प्रसस्त गरेको छ।
. शिक्षा, खेलकुद तथा स्वास्थ्य पूर्वाधारमा गरिएको लगानीले सामुदायिक जीवनलाई सक्रिय र सशक्त बनाएको छ।विद्यालय भवन, कक्षाकोठा, खेलमैदान, स्वास्थ्य संस्था, योग केन्द्र, ध्यान केन्द्र र सामुदायिक भवनहरूको निर्माण तथा स्तरोन्नतिले सामाजिक विकासमा टेवा पुर्याउनुका साथै जीवन स्तरमा सुधार ल्याएको छ।
. सफा, हरित र स्वस्थ नगर निर्माणको अभियान अन्तर्गत नाला, ढल, पार्क, स्यानेटरी ल्यान्डफिल साइट व्यवस्थापन तथा नदी नियन्त्रणका कार्यहरू सफलतापूर्वक सम्पन्न गरिएका छन्।
१०. धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र विकासका पहलहरू जारी छन्। मठमन्दिर, सबै सम्प्रदायका धार्मिक स्थलहरू, भुयाँरथानको संरक्षण र विकासमार्फत नगरको सांस्कृतिक पहिचानलाई सम्बर्धन गर्न सहयोग पुगेको छ।
११. कृषि तथा पशुपालनमा आत्मनिर्भरता, उत्पादनवृद्धि र किसान केन्द्रित कार्यक्रम मार्फत स्थानीय अर्थतन्त्रलाई सबल बनाउने प्रयत्न गरिएको छ।
१२. सामाजिक सुरक्षा, बालमैत्री स्थानीय शासन कार्यक्रम, लैङ्गिक हिंसा नियन्त्रण, सडक मानव पुनर्स्थापना, विपद् व्यवस्थापन, वातावरण संरक्षण, तथा न्यायिक सेवामा पहुँच अभिवृद्धि जस्ता विषयमा समेत नगरले सशक्त भूमिका निर्वाह गरिरहेको छ।
१३. उपभोक्ता संरक्षण, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, बजार अनुगमन, सार्वजनिक जवाफदेहिता, जनसहभागिता र सार्वजनिक उत्तरदायित्व प्रवर्द्धनमा समर्पित भएर नगर प्रशासन अगाडि बढिरहेको छ।
१४. सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम उपयोगबाट विद्युतीय सुशासन मार्फत “जनतासँग स्थानीय सरकार” को अनुभूति गराउन प्रयास गरिएको छ।
नगरसभाका अध्यक्ष महोदय,
अब म चालु आर्थिक वर्ष २०८१/८२ को जेष्ठ ८ गते सम्मको बजेट कार्यान्वयनको अवस्था संक्षिप्त रुपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु।
१५. संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तर्गत चालु तर्फ बिनियोजित बजेट रू. ७१ करोड ३८ लाख ३८ हजार मध्ये ८४.७३ प्रतिशत खर्च भएको छ भने पूजिगत तर्फ बिनियोजित बजेट रु. ११ करोड ६३ लाख २० हजार मध्ये ३४.४४ प्रतिशत खर्च भएको छ।संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमको औसत खर्च ७७.६८ प्रतिशत रहेको छ।
१६. प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तर्गत चालु तर्फ बिनियोजित बजेट रु. ४ लाख ६२ हजार मध्ये ८४.८६ प्रतिशत र पूजिगत तर्फ बिनियोजित बजेट रु. ३ करोड ६० लाख मध्ये ५४.९८ प्रतिशत खर्च भएको छ।प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमको औसत खर्च ५५.३६ प्रतिशत रहेको छ।
१७. आन्तरिक बजेटबाट चालु तर्फ बिनियोजित बजेट रु. ५७ करोड २१ लाख ३४ हजार मध्ये ७०.४१ प्रतिशत खर्च भएको छ भने पूजिगत तर्फ बिनियोजित बजेट ९२ करोड ५६ लाख ८२ हजार मध्ये ४९.७९ प्रतिशत खर्च भएको छ।आन्तरिक बजेट तर्फको औसत खर्च ५७.६६ प्रतिशत रहेको छ।
१८. समग्रमा संघ, प्रदेश र उपमहानगरपालिकाको आन्तरिक बजेट समेत गरी चालु तर्फ बिनियोजित बजेट रु. १ अर्ब २८ करोड ६० लाख ३४ हजार मध्ये ७८.३६ प्रतिशत खर्च भएको छ भने पूजिगत तर्फ बिनियोजित बजेट रु. १ अर्ब ७ करोड ८० लाख २ हजार मध्ये ४८.३ प्रतिशत खर्च भएको छ।कुल बजेटको औसत खर्च ६४.६५ प्रतिशत रहेको छ।
१९. क्षेत्रगत रुपमा हेर्दा आर्थिक विकास अन्तर्गत उद्योग तर्फ ७६.६३ प्रतिशत‚ वाणिज्य तथा आपूर्ति तर्फ ८६.२७ प्रतिशत, कृषि विकास तर्फ ५७.८१ प्रतिशत, पशुपन्छी विकास तर्फ ५१.३६ प्रतिशत, सहकारी तथा रोजगार प्रवर्द्धन तर्फ ७३ प्रतिशत र जलश्रोत तथा सिँचाई तर्फ ७१ प्रतिशत खर्च भएको छ।समग्रमा आर्थिक विकास तर्फ चालु आ.व.को यस अवधि सम्म कुल बिनियोजित बजेटको ६३.८२ प्रतिशत खर्च भएको छ।
२०. सामाजिक विकास अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक तर्फ ८५ प्रतिशत, सामाजिक सुरक्षा तथा पंजिकरण तर्फ ६५.४५ प्रतिशत, शिक्षा तर्फ ७७.१० प्रतिशत, युवा तथा खेलकुद तर्फ ७४.७६ प्रतिशत‚ जनस्वास्थ्य प्रवर्द्धन तर्फ ७१.५३ प्रतिशत, खानेपानी तथा सरसफाई तर्फ ५४.१५ प्रतिशत र भाषा तथा संस्कृति तर्फ २४.२९ प्रतिशत खर्च भएको छ।समग्रमा सामाजिक विकास तर्फ चालु आ.व.को यस अवधि सम्म ७४.७१ प्रतिशत खर्च भएको छ।
२१. पूर्वाधार विकास अन्तर्गत उर्जा तर्फ ६९.८७ प्रतिशत, पुनःनिर्माण तर्फ ९२.५२ प्रतिशत, सम्पदा पूर्वाधार तर्फ ५१.५१ प्रतिशत, यातायात पूर्वाधार तर्फ ५०.११ प्रतिशत, भवन आवास तथा सहरी विकास तर्फ ५०.११ प्रतिशत र संचार तथा सूचना प्रविधि तर्फ १०० प्रतिशत खर्च भएको छ।समग्रमा पूर्वाधार विकास तर्फ चालु आ.व.को यस अवधि सम्म कुल बिनियोजित बजेटको ५०.७५ प्रतिशत खर्च भएको छ।
२२. सुशासन तथा अन्तर सम्वन्धित क्षेत्र अन्तर्गत वन वातावरण तथा जलवायु तर्फ ५०.५१ प्रतिशत, विपद् व्यवस्थापन तर्फ ५३.३५ प्रतिशत, शान्ति सुव्यवस्था तर्फ ६७.२६ प्रतिशत, श्रम तथा रोजगारी तर्फ ३७.६६ प्रतिशत, प्रशासकीय सुशासन तर्फ ४६.४७ प्रतिशत, तथ्याङ्क प्रणाली तर्फ ६३.४१ प्रतिशत लगायत सुशासन तथा अन्तर सम्वन्धित क्षेत्र अन्तर्गत समग्रमा चालु आ.व.को यस अवधि सम्म ४८.८८ प्रतिशत खर्च भएको छ।
२३. कार्य संचालन तथा प्रशासनिक खर्च तर्फ ७१.३६ प्रतिशत खर्च भएको छ ।
घोराही उपमहानगरको २ अर्ब २९ करोडको बजेट सार्वजनिक, पूर्वाधारदेखि डिजिटल सेवासम्म प्राथमिकता. राजश्व संकलन आन्तरिक तर्फ चालु आर्थिक वर्षको यस अवधि सम्म रु. २५ करोड ७८ लाख ७४ हजार संकलन भएको छ।अघिल्लो आर्थिक वर्षको सोही अवधीको तुलनामा चालु आर्थिक वर्षमा रु. ६ करोड ९९ लाख ७९ हजार राजश्‍व बढी संकलन भएको छ।
२५. संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानिकरण अनुदानमा कटौती तथा राजश्व बाँडफाड र स्थानीय राजश्वमा प्राप्त हुनु पर्ने रकम न्यून हुन जादा साथै आन्तरिक आय समेत अपेक्षित रुपमा प्राप्त हुन नसकेको हुनाले बजेट विनियोजन भएका आयोजना तथा कार्यक्रम कार्यान्वयनमा रोक लगाउनु पर्ने अवस्था समेत आएको छ।
नगरसभाका अध्यक्ष महोदय,
अब म आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी आर्थिक वर्षको वार्षिक योजना तथा बजेट, बजेट तर्जुमाका आधारहरु र वार्षिक बजेटका उद्देश्य तथा प्राथमिकताहरु यस गरिमामय सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु।
२६. बजेट तर्जुमा गर्दा मैले मुलतः नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, घोराही उपमहानगरपालिकाको एकिकृत शहरी विकास योजना, आवधिक योजना, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त ऐन २०७४, नेपाल सरकारको १६ औं योजनाको मार्गदर्शन, स्थानीय तहमा बजेट तर्जुमा दिग्दर्शन, आर्थिक व्यवस्थापन तथा सम्पत्ती हस्तान्तरण सम्बन्धी निर्देशिका, संघ र प्रदेश सरकारबाट जारी भएका नीति, कानून तथा मापदण्डहरु, संघ र प्रदेश सरकारबाट तर्जुमा भएका बजेट, कार्यक्रम तथा प्राथमिकताहरु, संघ र प्रदेश सरकारबाट अबलम्बन गरिएका आर्थिक तथा सामाजिक नीतिहरु, नेपाल सरकारले प्रतिबद्धता जनाएका दीगो विकासका लक्ष्यहरुलाई मुख्य आधारका रुपमा लिएको छु।नगरवासी आमाबुबा, दिदीबहिनी, दाजुभाई, जनप्रतिनिधि, नागरिक समाज, निजी व्यवसायिक संघ संस्था, बुद्धिजीवी, पेशाविद, संचार क्षेत्र लगायत सबैबाट प्राप्त सुझावहरुलाई उच्च महत्व दिएको छु। उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी अभिवृद्धि हुने साथै घोराही उपमहानगरपालिकाको आफ्नै मौलिक आवश्यकता बमोजिमका आयोजनाहरुलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छु।
बजेटको उद्देश्यहरु निम्न बमोजिम छन्।
२७. दिगो पूर्वाधार निर्माण मार्फत स्थानीय गौरवका आयोजनाहरु, वैकल्पिक सडक, सुरक्षित आवास, उर्जा प्रभावी संरचना र नागरिक सहभागितामूलक परियोजनाहरुको प्रभावकारी कार्यान्वयन तथा मर्मत संभार सुनिश्चित गर्ने।
२८. कृषि भूमि, सिँचाइ, बीउ, प्रविधि, बजार र सूचनामा पहुँच सुधार गर्दै उत्पादनशीलता, वातावरणीय सन्तुलन, आत्मनिर्भरता र रोजगारी प्रवर्द्धन गर्न आधुनिक, जैविक र सहभागितामूलक कृषि तथा पशुपालन प्रणालीको विकास र विस्तार गर्ने।
२९. सबै बालबालिका र युवाहरुलाई समावेशी, गुणस्तरीय, जीवन उपयोगी र प्रविधिमैत्री शिक्षाको सुनिश्चितता गर्दै पूर्वाधार, पठनपाठन सामग्री, शिक्षक क्षमता, प्राविधिक शिक्षा, मातृभाषा शिक्षा, विशेष आवश्यकता तथा सीपमूलक तालिम मार्फत समावेशी र परिणाममुखी शिक्षा प्रणाली विकास गर्ने।
३०. नागरिकका लागि सहज र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्दै प्रजनन स्वास्थ्य, मातृशिशु सुरक्षा, गैर-संक्रामक तथा संक्रामक रोगको रोकथाम, मानसिक स्वास्थ्य, पोषण सुधार, आयुर्वेद प्रवर्द्धन र लक्षित समूहका लागि सम्मानजनक तथा प्रभावकारी सेवा प्रणालीको विकास मार्फत स्वस्थ र समुन्नत समाज निर्माण गर्ने।
३१. महिला, बालबालिका, दलित, आदिवासी जनजाति, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, विपन्न तथा पिछडिएको समुदायको सशक्तीकरण, सामाजिक सुरक्षाको प्रवर्द्धन, विभेदमुक्त समाज निर्माण तथा समावेशी, सुरक्षित र सम्मानजनक जीवन सुनिश्चित गर्न संरक्षण, पुनर्स्थापना, क्षमता अभिवृद्धि र सामाजिक सद्‍भावमा आधारित कार्यक्रमहरु प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
३२. वातावरणमैत्री, सुरक्षित र दिगो शहर निर्माण गर्न जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणलाई समेट्दै स्वच्छता, फोहर व्यवस्थापन, शुद्ध खानेपानी, हरियाली प्रवर्द्धन, वैकल्पिक ऊर्जा उपयोग, जनचेतना अभिवृद्धि, विपद् पूर्व तयारी, प्रतिकार्य र पुनःस्थापनाका कार्यक्रमहरू समन्वित तथा सहभागितामूलक रूपमा कार्यान्वयन गर्ने।
३३. सहकारी संस्थाहरूको सुशासन, पारदर्शिता र क्षमता अभिवृद्धि गर्दै आधुनिक प्रविधि र अनुगमन प्रणालीको माध्यमबाट संस्थागत सुदृढीकरण गर्ने।
३४. स्थानीय उत्पादन र उद्यमशीलतालाई प्रवर्द्धन गरी आत्मनिर्भरता र रोजगारी सिर्जना गर्ने।
३५. पर्यटन तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकास गर्दै परम्परागत सीप र कलालाई रोजगारी तथा आय आर्जनसँग जोड्ने, सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिँदै प्रचार प्रसार गर्ने र सरोकारवालाको सहभागितामा रणनीतिक योजना निर्माण गरी स्थानीय पर्यटन प्रवर्द्धन गर्ने।
३६. न्यायिक समितिको कार्यक्षमता चुस्त, पारदर्शी र प्रभावकारी बनाउँदै, सर्वसाधारण तथा विशेष गरी विपन्न र वञ्चित वर्गलाई न्याय पहुँच सुनिश्चित गर्न मेलमिलापकर्ता तथा सरोकारवालाको क्षमता अभिवृद्धि गरी न्याय सेवा सहज र सुलभ बनाउने।
३७. सेवाको पारदर्शिता, सहजता र प्रभावकारिता अभिवृद्धि गर्दै सूचना प्रविधिको उपयोगबाट सेवा प्रवाहलाई नागरिकमैत्री, द्रुत तथा जवाफदेही बनाउने।
३८. प्रशासनिक संरचना चुस्त, पारदर्शी र परिणाममुखी बनाई कर्मचारी क्षमता विकास, समन्वय र स्रोतहरूको प्रभावकारी व्यवस्थापन मार्फत गुणस्तरीय, मितव्ययी र प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने।
३९. भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गर्न आवश्यक नाप-नक्शा कार्यलाई तिव्रता दिई जग्गा व्यवस्थापन प्रक्रिया प्रभावकारी रूपमा अगाडि बढाउने।
४०. खेलाडीको क्षमता विकास तथा सहभागीता अभिवृद्धिका लागि विविध प्रतियोगिता आयोजना गर्दै समावेशी र दिगो खेलकुद वातावरण सृजना गर्ने।
नगरसभाका अध्यक्ष महोदय,
अब म आगामी आर्थिक वर्ष २०८२/८३को लागि क्षेत्रगत बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु।क्षेत्रगत बजेट निम्नानुसार विनियोजन गरेको छु।
आर्थिक विकासअन्तर्गत


41. कृषियोग्य भूमिमा सिंचाई सुविधा विस्तार गरी कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न आ.व. २०८१/८२मा छनौट भई क्रमागत डिप बोरिङ, अधुरा डिपबोरिङ संचालन तथा थप डिपबोरिङ निर्माणको लागि रु. ३ करोड ४० लाख विनियोजन गरेको छु।यसै गरी विभिन्‍न टयुबवेल, सिंचाई आयोजना तथा अन्य आयोजनामा आवश्यक पाइप विस्तारका लागि रु. २७ लाख ५० हजार तथा ५० प्रतिशत अनुदानमा मागमा आधारित यान्त्रिकरण कार्यक्रमको लागि रु. २० लाख विनियोजन गरेको छु ।


42. ५० प्रतिशत अनुदानमा उन्नत खाद्यान्न बाली, तरकारी बाली र मसला बाली वीउ वितरणको लागि बजेट विनियोजन गरेको छु।
43. माथी उल्लेखित कार्यक्रम समेत कृषि विकास अन्तर्गत आन्तरिक तर्फ जम्मा रू. ४ करोड ३३ लाख ९५ हजार, संघ सरकारबाट प्राप्त अनुदान तर्फ रु. २९ लाख १० हजार गरी जम्मा रु. ४ करोड ६३ लाख ५ हजार विनियोजन गरेको छु।


44. पशुपन्‍छी विकास कार्यक्रम तर्फ बाख्रा/भेडा र बंगुरपालन समूहमा परजिवी नियन्त्रण कार्यक्रम, पशु स्वास्थ्य शिविर कार्यक्रम‚ कृत्रिम गर्भाधान‚ पशु स्वास्थ्य बिज्ञ/प्राबिधिक सहितको बाँझोपन उपचार तथा डोर टु डोर कार्यक्रम ‚पशु सेवा केन्द्रको लागि औषधि व्यवस्थापन‚ पशु सेवा केन्द्रमा प्रयोगशाला स्थापनाका लागि सामग्री तथा रेफ्रिजेरेटर खरिद, पशु पालक कृषकहरुलाई पशु आहारा व्यवस्थापन‚ माछाका भुरा वितरण कार्यक्रम ‚ मुत्र संकलन सहितको गाई/भैसीको भकारो सुधार कार्यक्रम लगायत पशुपंक्षी विकासको लागि आन्तरिक तर्फ रु. ४० लाख ३० हजार र संघ सरकारबाट प्राप्त अनुदान तर्फ रु. २६ लाख २० हजार गरी जम्मा रु. ६६ लाख ५० हजार विनियोजन गरेको छु।


45. पर्यटन तथा संस्कृति प्रवर्द्धनतर्फ घोराहीमा बस्ने विभिन्न जातजातिहरुको कला, साहित्य, संस्कृति संरक्षण एवं प्रवर्द्धन गर्न, घोराहीको पर्यटन विकासका लागि आवश्यक रणनितिक योजना निर्माण गर्न, रैथाने खाना संरक्षण तथा सांस्कृतिक प्रवर्द्धन कार्यक्रम, परम्परागत एवं लोपोन्मुख वाद्यवादन तथा नृत्य सामग्रीको संरक्षण तथा प्रवर्द्धनका लागि सहयोग लगायतका कार्यक्रमका लागि आन्तरिक तर्फ रु. १७ लाख ७५ हजार विनियोजन गरेको छु।


46. सहकारी प्रवर्द्धनका लागि सहकारीमा गुणात्मकता अभिवृद्धि गर्न सहकारी सचेतना कार्यक्रम, पल्स तालिम कार्यक्रम, सहकारी संस्था सुदृढीकरणको लागि नियमित अनुगमन‚ सहकारी सूचनामूलक सन्देश तथा सहकारी संस्थाहरुको व्यवस्थित संचालनको लागि सफ्टवेयरमा आधारित कोपोमिस तालिम कार्यक्रम लगायतका कार्यक्रमका लागि सहकारी प्रवर्द्धन तर्फ आन्तरिक तर्फ रु. ११ लाख ४५ हजार बिनियोजन गरेको छु।सुरक्षित आप्रवासन कार्यक्रम र प्रधानमंत्री रोजगार कार्यक्रम मार्फत सुरक्षित बैदेशिक रोजगार तथा रोजगार प्रवर्द्धनका लागि आन्तरिक तर्फ रु. ११ लाख ९६ हजार, प्रदेश सरकारबाट प्राप्त अनुदान तर्फ रु. ५ लाख ८ हजार र संघ सरकारबाट प्राप्त अनुदान तर्फ रु. ४१ लाख ७० हजार गरी जम्मा रु. ५८ लाख ७४ हजार विनियोजन गरेको छु।


47. खाद्य स्वच्छता र स्वस्थता कायम गर्न, खाद्य गुणस्तर परिक्षणका लागि आवश्यक औजार, रसायन तथा सामग्री खरिद गर्न, उपभोक्ता हित सम्बन्धी सचेतनामुलक कार्यक्रम‚ नियमित बजार अनुगमन तथा बजार व्यवस्थापन लगायत उपभोक्ता हित संरक्षणका लागि रु. १५ लाख ४५ हजार विनियोजन गरेको छु।


48. आर्थीक उन्‍नयनका लागि बेरोजगार युवायुवतीका लागि नवप्रवर्तनमा आधारित सिप मुलक तालिम‚ गरिब परिचय पत्र प्राप्त घर परिवारलाई उद्यमशीलता तथा सिप विकास तालिम‚ उद्यमीहरुको लागि बजारीकरण तथा वित्तिय सेवामा पहुँच तथा प्रविधि हस्तान्तरण, होटल व्यवसायीहरुको व्यवसायिक दक्षता अभिवृद्धी कार्यक्रम जस्ता उद्यम प्रवर्द्धनका कार्यक्रम संचालन गर्न रु. १७ लाख ५० हजार विनियोजन गरेको छु।साथै संघ सरकारबाट प्राप्त अनुदान तर्फ रु.१७ लाख समेत गरी उद्यम प्रवर्द्धन तर्फ जम्मा रु. ३४ लाख ५० हजार विनियोजन गरेको छु।
नगरसभाका अध्यक्ष महोदय
49. आर्थिक विकास अन्तर्गत कृषि विकास, पशु सेवा, पर्यटन तथा संस्कृति प्रवर्द्धन, सीप विकास तथा उद्यम प्रवर्द्धन, सहकारी तथा रोजगार प्रवर्द्धन, उपभोक्ता हित संरक्षण, प्रधानमन्त्री रोजगार कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम समेत आन्तरिक तर्फ रु. ५ करोड ४८ लाख ३६ हजार र संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान समेत गरी जम्मा रु. ६ करोड ६७ लाख ४४ हजार विनियोजन गरेको छु।

सामाजिक विकासअन्तर्गत
50. विद्यालयमा कार्यरत मा.वि. शिक्षक, नि.मा.वि. शिक्षक तथा बालविकास शिक्षक व्वयस्थापनका लागि रु. १ करोड ४ लाख ७३ हजार, बालविकास सहायक कर्मचारी, विद्यालय सहायक कर्मचारी, विद्यालय सहयोगी तथा आयाको मनोबल वृद्धी गरी पठनपाठनमा सुधार ल्याउन संघीय सरकारबाट प्राप्त तलब रकममा थप गर्न रु. ३ करोड ९५ लाख ४७ हजार तथा मगर खाम र उर्दु भाषाका शिक्षक व्यवस्थापन गर्न रु. ४ लाख ५० हजार विनियोजन गरेको छु।स्वयंसेवक शिक्षकहरुको तलब भत्ताको लागि १ करोड ४८ लाख १० हजार विनियोजन गरेको छु।
51. विद्यालयहरुमा खानेपानी मर्मत तथा व्यवस्थापनका लगि रु. ३० लाख, भवन/ शौचालय निर्माण तथा मर्मतको लागि रु ४० लाख विनियोजन गरेको छु।


52. स्वयंसेवक शिक्षकहरुको विषयगत शिक्षण सिकाई सम्बन्धी तालिम, प्र.अ.हरुको लागि क्षमता विकास तालिम‚ IEMIS सम्बन्धी तालिम जस्ता शैक्षिक क्षेत्रको क्षमता अभिवृद्धी कार्यक्रमका लागि बजेट विनियोजन गरेको छु।
53. घोराहीमा स्थायी बसोबास भएका सामुदायिक विद्यालयवाट एस.ई.ई.को परीक्षामा उत्कृष्ट अंक प्राप्त गरेका एक जना छात्र तथा एक जना छात्रालाई डाक्टर र इन्जिनियर पढ्न छात्रवृत्तिको लागि रु. १६ लाख विनियोजन गरेको छु।


54. नगरस्तरीय परीक्षा संचालन‚ सामुदायिक तथा संस्थागत विद्यालयका प्र.अ.हरुको चौमासिक बैठक तथा शैक्षिक समिक्षा ‚ अस्थायी शिक्षक भर्नाको लागि प्रश्नपत्र निर्माण‚ मगरखाम भाषाको पाठ्यपुस्तक लेखन तथा छपाई‚ कक्षा ९ र १० का विद्यार्थीहरुलाई बृत्ति मार्गनिर्देशन कार्यक्रम सञ्चालन, थारु भाषाको कक्षा १-३ पाठ्यपुस्तक छपाई‚ कक्षा १-३ को स्थानीय विषय हाम्रो घोराही को पाठ्यपुस्तक छपाई‚ ५ वर्षे शिक्षा योजना निर्माण, अतिरिक्त क्रियाकलाप संचालन लगायतका शिक्षा सम्बन्धी कार्यक्रमहरुका लागि आवश्यक बजेट विनियोजन गरेको छु।


55. खेलकुद प्रतियोगिता र प्रतियोगिता सम्बन्धी क्रियाकलाप संचालन गर्न खेलकुद विकास तर्फ रु. ३७ लाख ५० हजार विनियोजन गरेको छु।


56. माथी उल्लेखित कार्यक्रमहरु सहित शिक्षा, युवा तथा खेलकूदमा आन्तरिक तर्फ जम्मा रु. ८ करोड ६९ लाख ३० हजार, संघ सरकारबाट प्राप्त अनुदान तर्फ रू. ६८ करोड १२ लाख गरी जम्मा ७६ करोड ८१ लाख ३० हजार विनियोजन गरेको छु।


57. उज्यालो आँखा कार्यक्रम अन्तरगत राप्ती आँखा अस्पताल, रक्षाचौरसंगको सहकार्यमा निःशुल्क मोतियाबिन्दु शल्यक्रियाको लागि रु. १५ लाख, नगरवासीहरुलाई रक्तदान जीवनदानको भावना अनुरुप नगर प्रमुख रक्तसंचार कार्यक्रम तर्फ नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा निःशुल्क रगत उपलब्ध गराउनको लागि रु. १५ लाख तथा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य जाँचका आवश्यक रकम विनियोजन गरेको छु।


58. उपप्रमुख प्रजनन् रुग्ण्ता कार्यक्रम अन्तर्गत पाठेघर बचाउ अभियान मार्फत पाठेघरको भि.आई.ए. स्क्रिनिङ्ग गरी पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच गर्न शिविर, आयुर्वेद तथा बैकल्पिक चिकित्सा प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको छु।
59. आधारभूत स्वास्थ्य सेवा संचालनको लागि निःशुल्क स्वास्थ्य सेवाको लागि ‌औषधी तथा औजार उपकरण खरिद, व्यवस्थापन तथा ढुवानीको लागि रु ३५ लाख विनियोजन गरेको छु।


60. मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार सुविधा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाएको छु। एम्बुलेन्स र शव बाहन व्यवस्थापन ‚संक्रमण रोकथाम, नेपाल क्षयरोग निवारण संघको सहकार्यमा क्षयरोग सम्बन्धी कार्यक्रम‚ हेल्थ फाउण्डेशन नेपालको सहकार्यमा मानसिक स्वास्थ्य तथा नसर्ने रोग सम्बन्धी कार्यक्रम‚ समाजसेवा क्लबको सहकार्यमा स्वास्थ्य बीमा प्रवर्द्धन कार्यक्रम‚ पोषण मैत्री कार्यक्रम‚ सुत्केरी घर भेट कार्यक्रम, स्वास्थ्य सम्बन्धी तथ्यांकको गुणस्तरीयता सुधारका लागि अभिमुखिकरण लगायत जनस्वास्थ्य प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरुमा आन्तरिक तर्फ वडास्तरीय कार्यक्रमको लागि रु. ८७ लाख २० हजार तथा नगरस्तरीय कार्यक्रमको लागि रु. ९६ लाख २५ हजार विनियोजन गरेको छु।


61. माथी उल्लेखित जनस्वास्थ्य प्रवर्द्धनसंग सम्बन्धित कार्यक्रमका लागि आन्तरिक तर्फ रू. १ करोड ८३ लाख ४५ हजार , संघ सरकारबाट प्राप्त अनुदान तर्फ रु. ५ करोड ८२ लाख र प्रदेश सरकारबाट प्राप्त अनुदान तर्फ रु. ६५ लाख समेत जम्मा रु. ८ करोड ३० लाख ४५ हजार विनियोजन गरेको छु।


62. घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा गर्ने लक्ष्य सहित लैंगिक हिंसा नियन्त्रण समितिलाई अभिमुखिकण ‚लैंगिक हिंसा नियन्त्रणका लागि लगानी योजना निर्माण, लैंगिक हिंसाको स्थितिपत्र निर्माण, लगायत लैंगिक हिंसा नियन्त्रण नगर घोषणा कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु।


63. सामाजिक विभेदको न्यूनीकरण, छुवाछुत, सामाजिक कुरीति, अन्धविश्वास, लैङ्गिक विभेद विरुद्ध र सामाजिक समावेशीकरणका लागि विभिन्न क्षमता वृद्धि अभिमुखिकरण तथा तालिम कार्यक्रम संचालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छू।


64. टोल विकास संस्थाका लागि वालश्रम, बालमैत्री, बालविवाह, वहु विवाह, दाइजो/दहेज जस्ता प्रथा नियन्त्रणका लागि सामाजिक परिचालन तथा न्युनीकरणका लागि तालिम‚ लैङ्गिक सामाजिक समावेशीकरण तथा प्रजनन स्वास्थ्य तालिम‚ दलित महिलाहरुलाई सिपमूलक तालिम तथा एकल, विधुवा महिलाहरुको लागि सिप विकास तथा आयआर्जन कार्यक्रम ‚लैङ्गिक उत्तरदायी बजेट परीक्षण ‚बालक्लबका लागि नेतृत्व विकास तथा क्षमता विकास तालिम संचालनका लागि बजेट विनियोजन गरेको छु।


65. आदिवासी, जनजाती, लोपोन्मुख एवं अल्पसंख्यक जातजाति तथा पिछडिएको वर्गका लागि सिपमुलक क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम संचालन, दलित, मुस्लिम, पिछडा वर्ग, आदिवासी जनजाती समुदायमा अत्यधिक प्रचलनमा रहेको बालविवाह न्यूनिकरण गर्न “बिहेबारी बिस वर्ष पारी” भन्ने कार्यक्रम संचालन, अपांगता भएका व्यक्तिहरुको लगत संकलन, मुक्त कम्लहरी‚ वहिरा तथा तेश्रो लिंगी समुदायको लागि आवश्यक कार्यक्रम संचालन गर्न बजेट विनियोजन गरेको छु।


66. शान्ती बालगृहलाई संचालन अनुदान ‚ बेवारीसे मानव व्यवस्थापनका लागि मानव सेवा आश्रय तथा सेवा घर अनुदान, सबै जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन व्यवस्थापन, अपांगता भएका ब्यक्तिका लागि कार्यक्रम तथा पुर्नस्थापना केन्द्र, निरन्तरता तथा सहायक सामाग्री सहयोग‚ तेरौटे वृद्धाश्रम व्यवस्थापन तथा नियमित सहयोगका लागि दिँईदै आएको अनुदानलाई निरन्तरता दिएको छु।


67. महिला‚ वालवालिका तथा सामाजिक समावेशिकरण तर्फ आन्तरिक तर्फ रु. १ करोड १२ लाख ४५ हजार र संघ सरकारबाट प्राप्त अनुदानबाट रु. १५ लाख गरी जम्मा रु. १ करोड २७ लाख ४५ हजार बजेट विनियोजन गरेको छु।


68. व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली सम्बन्धी तालिम, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी जनप्रतिनिधि तथा विभिन्न सरोकारवालहरुलाई अभिमुखिकरण तथा छलफल, घटना दर्ता सप्ताह संचालनका लागि सामाजिक सुरक्षा तथा पंजीकरण तर्फ आन्तरिक तर्फ रु. ८ लाख र संघ सरकारबाट प्राप्त अनुदानबाट रु. ५ लाख समेत गरी जम्मा रू. १३ लाख विनियोजन गरेको छु।
69. सामाजिक विकास अन्तर्गत शिक्षा, युवा तथा खेलकुद, जनस्वास्थ्य प्रवर्द्धन, महिला, बालबालिका तथा समाज कल्याण र सामाजिक सुरक्षा तथा पंजीकरण क्षेत्रहरुमा जम्मा आन्तरिक रू. ११ करोड ७३ लाख २० हजार र संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान समेत गरी जम्मा रु. ८६ करोड ५२ लाख २० हजार विनियोजन गरेको छु।

पूर्वाधार विकासअन्तर्गत
70. विगत देखि कार्यान्वयनमा रहेका अधुरा, क्रमागत तथा बहुवर्षिय आयोजनाहरुको लागि एकमुष्ट रु. ४४ करोड ८३ लाख २५ हजार विनियोजन गरेको छु ।
71. विकासमा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्धेश्य अनुरुप टोल विकास संस्थाबाट माग भएका लागत सहभागिता (२०/८०, ३५/६५ र ५०/५० प्रतिशत) मा संचालन हुने आयोजनाहरुको लागि रु ६ करोड ४१ लाख विनियोजन गरेको छु।
72. वडा कार्यालयको सिफारिस बमोजिम अन्य नगरस्तरीय आयोजनाहरुको लागि रु. १० करोड २५ लाख ९५ हजार बजेट विनियोजन गरेको छु।
73. विभिन्न समपूरक आयोजना साथै साझेदारी कार्यक्रमहरुको लागि रु. ६ करोड विनियोजन गरेको छु।
74. पिच सडकको नियमित मर्मत एवं दिगो व्यवस्थापनका लागि रु. ५० लाख विनियोजन गरेको छु।


75. सडक पिच, ग्राभेल तथा बाटो स्तरउन्‍नती, कल्भर्ट, सिंचाई तथा खानेपानी, विद्युत विस्तार , पार्क, उद्यान लगायत पूर्वाधार विकास तर्फका सबै प्रकृतीका आयोजना निर्माण सम्बन्धी कार्यका लागि आन्तरिक तर्फ रु. ६९ करोड, संघ सरकारबाट प्राप्त अनुदान तर्फ रु. ७ करोड ६० लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान तर्फ रु. ३ करोड २२ लाख र योजना तथा अनुगमन, भवन अनुमति मापदण्ड कार्यान्यवन सम्बन्धी कार्यक्रमका लागि रु. १२ लाख ५० हजार समेत गरी पुर्वाधार विकास तर्फ जम्मा रु. ७९ करोड ९४ लाख ५० हजार विनियोजन गरेको छु।
सरसफाई, वन, वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत


76. विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न संचालित विपद् व्यवस्थापन कोषको लागि रु. ५० लाख छुट्याएको छु ।विपद्‍बाट क्षति भएका संरचनाहरुको संरक्षण तथा निर्माण गर्न रु. ५० लाख‚ सिचाई बाँध नहर खानेपानीको मुहान संरक्षण तथा मर्मत गर्न रु. २५ लाख विनियिजन गरेको छु।
77. त्यसै गरी विपद् व्यवस्थापन तथा खोज उद्धार सम्बन्धी नमुना अभ्यास कार्यक्रम‚ वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई पुनर्ताजगी अभिमुखीकरण कार्यक्रम‚निषेधीत प्लाष्‍टिकजन्य वस्तुहरु नियन्त्रण अभियान कार्यक्रम‚ वातावरणमैत्री वडा घोषणा, आपतकालिन कार्य संचालन केन्द्रका लागि सामग्री खरिद लगायतका विपद् व्यवस्थापन तर्फको कार्यक्रम संचालन गर्न आन्तरिक तर्फ रु. १ करोड ३७ लाख ६० हजार विनियोजन गरेको छु।त्यसै गरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि संघ सरकारबाट प्राप्त अनुदानबाट रू. ४५ लाख समेत गरी जम्मा रु. १ करोड ८२ लाख ६० हजार विनियोजन गरेको छु।


78. ल्यान्डफिल साइट प्रभावित व्यक्तिहरुका लागि आयआर्जन सम्बन्धी सिप मुलक तालिम, ल्याण्डफिल साईडमा हरियाली पार्क स्तरउन्नती तथा बिरुवा खरिद, सार्बजानिक स्थलका लागि मेटल डस्टवीन निर्माण, नगर तथा वडास्तरमा पूर्ण सरसफाइ कार्यक्रम, चोक तथा गल्लिहरुको नाला, पार्क सरसफाई तथा बिरुवा गोडमेल कार्यक्रम लगायत सरसफाई व्यवास्थपनको लागि आवश्यक बजेट बिनियिजन गरेको छु।
79. खानेपानीका मुहानहरुमा आर्सेनिक परीक्षण, वास प्लान निर्माण तथा योजना कार्यक्रम लगायत खानेपानी सुधार कार्यक्रम तर्फ आवश्यक बजेट बिनियोजन गरेको छु।
80. माथी उल्लेखित कार्यक्रमहरु सहित सरसफाई तथा खानेपानी व्यवस्थापन तर्फ रु. ४५ लाख ६० हजार विनियोजन गरेको छु।
81. सरसफाई, वन , वातारण तथा विपद् व्यवस्थापन तर्फ आन्तरिक तर्फ जम्मा रु. १ करोड ८३ लाख २० हजार र संघ सरकारबाट प्राप्त अनुदानबाट समेत गरी जम्मा रु. २ करोड २९ लाख २० हजार बजेट विनियोजन गरेको छु।
सार्वजनिक सेवा, सुशासन, संस्थागत विकास, सूचना प्रविधि तथा अन्य सम्बन्धित क्षेत्र अन्तर्गत


82. समयानुकूल सूचना प्रविधि प्रणाली/सफ्टवेयर जडान, च्याटबट स्थापना, डिजिटल साक्षरता सचेतनामुलक कार्यक्रम लगायत सूचना प्रविधि व्यवस्थापन तथा विद्युतीय शासनको लागि अन्य सहयोगी कार्यक्रमहरु समेत रु. १६ लाख ४५ हजार विनियोजन गरेको छु।


83. नगरस्तरीय वार्षिक तथा त्रैमासिक प्रगति समिक्षा‚ नगरस्तरीय वार्षिक तथा त्रैमासिक सार्वजनिक सुनुवाई‚ घोराही उपमहानगरपालिकाका बित्तिय जोखिम मूल्यांकन मार्फत बित्तिय जोखिम न्यूनिकरण‚ त्थयांक व्यवस्थापन तथा अद्यावधिक, संस्थागत क्षमता स्वमूल्यांकन मार्फत संस्थागत सुधार कार्ययोजना निर्माण‚ सामाजिक परिक्षण, विभिन्न प्रतिवेदन तयारी, सूचनाको हक प्रवर्द्धन सम्बन्धी कार्यक्रम लगायतका संस्थागत सुधार तथा सार्वजनिक जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यक्रमका लागि रु. ३० लाख १५ हजार बजेट विनियोजन गरेको छु।

84. नेपाल पत्रकार महासंघ दाङ शाखाको लागि कार्यक्रम‚ स्थानीय रेडियो कार्यक्रम‚ पत्रकारिता मार्फत स्थानीय भाषा प्रवर्द्धन, फोटोग्राफी तथा भिडियोग्राफी सम्बन्धी तालिम, पत्रकारहरुको क्षमता विकास तालिम‚ नेपाल टेलिभिजन कोहलपुरसँगको सहयोगमा घोराही दर्पण कार्यक्रम संचालन लगायत संचार तथा प्रेस क्षेत्रको विकासको लागि रु. १६ लाख १० हजार विनियोजन गरेको छु।

85. माथी उल्लेखित कार्यक्रमहरु सहित सूचना प्रविधि तथा संचार तर्फ जम्मा रु. ६२ लाख ७० हजार विनियोजन गरेको छु ।
86. आवश्यकताका आधारमा जनप्रतिनिधि र कर्मचारीका लागि क्षमता अभिवृद्धि कार्यक्रम लगायत सामान्य व्यवस्थापनसंग सम्बन्धित विविध कार्यक्रमका लागि रु. ५ लाख विनियोजन गरेको छु।

87. न्यायिक कार्य सम्पादन सम्बन्धमा प्रदेश स्तरीय अनुभव आदान प्रदान कार्यक्रम, नागरिकसंग कानुनी साक्षरता कार्यक्रम‚ सूचिकृत मेलमिलापकर्ताहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम‚न्यायिक समितिको कार्य प्रगति सम्बन्धमा पत्रकार सम्मेलन‚ न्यायिक घुम्ति शिविर‚

कानून निर्माण, न्यायिक मामिला सम्बन्धमा अन्तरक्रिया कार्यक्रम लगायतका कार्यक्रमहरुको लागि एकमुष्ट रु. २० लाख विनियोजन गरेको छु ।
88. भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच कार्यको लागि नियन्त्रण बिन्दु स्थापना तथा LIDAR IMAGE , आवश्यक सामग्री खरिद गर्न रु. १९ लाख सहित भूमी व्यवस्थापन तर्फ रु. ३० लाख विनियोजन गरेको छु।
89. राजश्व गस्ति परिचालन मार्फत राजश्व अभिवृद्धि गर्न, राजश्व व्यवस्थापनको काम गर्ने कर्मचारीहरुको क्षमता विकास , व्यवसाय दर्ता अभियान, करदाता शिक्षा कार्यक्रम संचालन लगायत राजश्व व्यवस्थापन तर्फ रु. १० लाख ५० हजार वजेट विनियोजन गरेको छु।
90. सार्वजनिक सेवा, सुशासन, सूचना प्रविधि तथा संचार, संस्थागत विकास र अन्य अन्तर सम्बन्धित क्षेत्र तर्फ जम्मा रू. १ करोड २८ लाख ३२ हजार बजेट विनियोजन गरेको छु।

91. वडा कार्यालय तर्फ (१९ वटै वडा) को पूर्वाधार विकास तर्फ रु. ९ करोड ३१ लाख तथा अन्य सामाजिक विकासका कार्यक्रम एवं कार्यालय संचालन तर्फ जम्मा रु. ६ करोड २६ लाख ४४ हजार गरी जम्मा रु. १५ करोड ५५ लाख ४६ हजार विनियोजन गरेको छु।
92. दैनिक कार्य संचालन, तलब भत्ता लगायत आन्तरिक व्यवस्थापन तर्फ रु. ३७ करोड विनियोजन गरेको छु।
नगरसभाका अध्यक्ष महोदय,
93. आगामी आर्थिक वर्ष २०८२/८३को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न माथि उल्लेखित आयोजना तथा कार्यक्रमका लागि रु. २ अर्ब २९ करोड २७ लाख विनियोजन गरेको छु।कुल बिनियोजित रकम मध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु. ८३ करोड ३४ लाख मध्ये रु. १० करोड ८३ लाख अर्थात १२.९९ प्रतिशत पूजिगत खर्च र रू. ७२ करोड ५१ लाख अर्थात ८७.०१ प्रतिशत चालु खर्च रहेको छ।त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु. ३ करोड ९२ लाख ८ हजार मध्ये रु. ३ करोड ८७ लाख अर्थात ९८.७० प्रतिशत पूजिगत खर्च र रू. ५ लाख ८ हजार अर्थात १.३० प्रतिशत चालु खर्च रहेको छ ।संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान, राजश्व बाँडफाँड र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय (घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दात समेत)बाट विनियोजन गरिएको बजेट रु. १ अर्ब ४२ करोड ९२ हजार मध्ये रु. ५६ करोड १९ लाख ८७ हजार अर्थात ३९.५७ प्रतिशत चालु खर्च र रू ८५ करोड ८१ लाख ५ हजार अर्थात ६०.४३ प्रतिशत पूजिगत खर्च रहेको छ।

94. कुल बजेट रू. २ अर्ब २९ करोड २७ लाख मध्ये रु. १ अर्ब २८ करोड ७५ लाख ९५ हजार अर्थात ५६.१६ प्रतिशत चालु खर्च र रू. १ अर्ब ५१ लाख ५ हजार अर्थात ४३.८४ प्रतिशत पूजिगत खर्च रहेको छ।
नगरसभाका अध्यक्ष महोदय,
अब म माथि उल्लेखित क्षेत्रगत आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु।
95. आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक आय(घर जग्गा रजिष्ट्रेसन समेत)बाट रु. ७० करोड,संघीय वित्तीय समानिकरण अनुदानबाट रू. ३१ करोड १२ लाख, संघीय राजश्व बाँडफाँडबाट रू. २५ करोड १ लाख, संघीय रोयल्टी बाँडफाँडबाट रू. ७ लाख , संघीय सशर्त अनुदानबाट रु. ८१ करोड ५९ लाख, संघीय बिशेष अनुदानबाट रु. ८५ लाख र संघीय समपुरक अनुदानबाट रु. ९० लाख व्यहोरिने छ।त्यस्तै प्रदेश समानिकरण अनुदानबाट रु. २ करोड १३ लाख ९१ हजार, प्रदेश राजश्व बाँडफाँडबाट रु. २ करोड ३७ लाख ८० हजार, प्रदेश सशर्त अनुदानबाट रू. २ करोड २५ लाख ८ हजार र प्रदेश समपुरक अनुदानबाट रु. १ करोड ५० लाख व्यहोरिने छ ।यसबाट नपुग हुने रकम रु. ११ करोड २९ लाख २१ हजार गत आर्थिक वर्षको बैंक बाँकीबाट व्यहोरिने छ।

96. यसका साथै उपमहानगरपालिकालाई संघ सरकार, प्रदेश सरकार तथा अन्य निकायबाट अख्तियारी प्राप्त हुने सामाजिक सुरक्षा लगायतका अन्य कार्यक्रमहरुको एकल खाता कोष प्रणाली मार्फत भुक्तानी हुने भएकोले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रक्षेपणमा समावेश नगरिएको व्यहोरा अवगत गराउन चाहन्छु।
नगरसभाका अध्यक्ष महोदय,
97. आर्थिक वर्ष २०८२/८३को सेवा र कार्यका लागि स्थानीय संचित कोषबाट केही रकम खर्च गर्न बनेको विनियोजन बिधेयक, २०८२ र अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अर्थ बिधेयक, २०८२ सम्मानित सभा समक्ष पेश गरेको छु।
नगरसभाका अध्यक्ष महोदय,
98. प्रस्तुत बजेटको कार्यान्वयनबाट कृषि उत्पादन तथा उत्पादकत्व अभिवृद्धी हुने, सामुदायिक विद्यालयका भौतिक अवस्थामा सुधार हुने, शैक्षिक गुणस्तर अभिवृद्धि हुने, नगरवासीको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित हुने, उद्ममशिलताको विकासबाट रोजगारीको अवसर सृजना भई नागरिकको आर्थिक सामाजिक जीवत स्तरमा सुधार हुने, सडक पूर्वाधारमा नागरिकको पहुँच अभिवृद्धि तथा दिगोपना कायम हुने, नगरमा उपलब्ध स्रोत साधनको अत्यूत्तम उपयोगबाट सबै क्षेत्रको दिगो एवं सन्तुलित विकास भई आर्थिक प्रगतिमा टेवा पुग्ने, सार्वजनिक सेवाको प्रभावकारिता, जवाफदेहिता अभिवृद्धि हुने र सामाजिक विकासको मुलप्रवाह भन्दा बाहिर रहेका वर्ग, क्षेत्र, समुदायको विकासमा पहुँच भई अपनत्वको प्रवर्द्धन मार्फत स्थानीय शासन मजबुत हुने बिश्वास लिएको छु।
नगरसभाका अध्यक्ष महोदय,
99. आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत आय-व्यय प्रस्ताव उपमहानगरपालिकाको एकल प्रयासबाट मात्र कार्यान्वयन गर्न सम्भव हुने छैन।बजेट कार्यान्यनमा संघ तथा प्रदेश सरकार, नगरवासी, आमाबुबा, दिदीबहिनी, दाजुभाई, व्यवसायिक संघ संस्था, राजनीतिक दल, नागरिक समाज,संचार क्षेत्र लगायत सबै तह र तप्काबाट साथ, सहयोग र सहकार्य हुने बिश्वास लिएको छु।
100. अन्त्यमा बजेट तर्जुमा गर्ने क्रममा मार्ग निर्देश गर्नु हुने नगर प्रमुखज्यू, विषयगत समितिका संयोजक एवं सदस्यज्यूहरु, वडा अध्यक्षज्यूहरु, नगरसभा सदस्यज्यूहरु, नागरिक समाज, पेशाबिद् बुद्धिजिवि, सञ्चार जगत लगायत सम्पूर्ण नगरवासीहरु तथा प्रमुख प्रशसाकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरुमा धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्दछु।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्