एसईई २०८१ को नतिजा आज साँझ ५:३० बजे सार्वजनिक हुँदै

शुक्रबार, असार १३, २०८२

काठमाडौँ, १२ असार – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज साँझ साढे ५ बजे सार्वजनिक गर्ने भएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार शुक्रबार अपराह्न चार बजे दोस्रो चरणको बोर्ड बैठक बसेपछि नतिजा प्रकाशित गरिनेछ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

“आजै पहिलो चरणको बोर्ड बैठक सम्पन्न भइसकेको छ,” अध्यक्ष शर्माले रातोपाटीसँग भने, “अर्को बैठक आजै चार बजे बसेर नतिजा साढे ५ बजे सार्वजनिक हुनेछ।”

एसईई २०८१ को परीक्षा २०७९ चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि (पुरक)तर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ।

बोर्डले विद्यार्थी, अभिभावक तथा विद्यालयहरूलाई नतिजा अनलाइन र एसएमएसमार्फत् हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ।514331634_24442640388652639_2228517497924781251_n-1751022181.jpg

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
समाचार