एसईई २०८१ को नतिजा सार्वजनिक, मोबाइल र वेबसाइटबाट यसरी हेर्नुहोस्

शुक्रबार, असार १३, २०८२

काठमाडौँ,१२ असार - २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशित गरेको हो।

एसईई परीक्षा २०८१ चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको थियो। नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ जना विद्यार्थी सहभागी भएका थिए।

बोर्डका अनुसार परीक्षाफल एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। एसएमएस तथा आईभीआर सेवामा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी र अल स्टार आईटी सोलुसन्समार्फत नतिजा हेर्न सकिनेछ।

त्यसैगरी, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतका वेबसाइटहरूबाट पनि विद्यार्थीहरूले सजिलै नतिजा हेर्न सक्नेछन्।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा यथाशीघ्र जानकारी लिन विद्यार्थीलार्इ डिजिटल माध्यमको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित
S.N Grade Group Number of students   Remarks
1. GPA 1.60 To < 2.00             8  
2. GPA 2.00 To < 2.40         4126  
3. GPA 2.40 To < 2.80         48479  
4. GPA 2.80 To < 3.20          89124  
5. GPA 3.20To < 3.60          81385  
6. GPA 3.60 To < 4.00          48177  
7 NG         167597  
  Total Students          468896  

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्