सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ ,७ जेठ - दाङको लमही नगरपालिका-७ हसनापुरमा बोलेरो गाडीको पछाडी मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् ।
सुर्खेतबाट काठमाण्डौ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ प ८२०३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा भे १ च २११३ नम्बरको बोलेरो गाडीको पछाडि ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका-१० निवासी वर्ष अन्दाजी ३१ का प्रज्वल विक र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी बर्ष अन्दाजी ३० का धनसिंङ परियार घाइते भएका छन् । घाईते दुबैको लमही अस्पतालमा उपचार भईरहेको प्रहरी चौकी सतबरियाका ईन्चार्ज रामसागर चौधरीले जानकारी दिए । उनिहरुको खुट्टा र गर्धनमा चोट लागेको छ ।
प्रहरीका अनुसार बोलेरो सतबरियाबाट लमहीतर्फ जाँदै गरेको थियो । बोलेरो चालक दाङको राजपुर गाउँपालिका-७ निवासी निरज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि गाडी र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।