प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक | प्रत्यक्ष प्रसारण

बुधबार, भदौ २४, २०८३

काठमाडौँ, २४ भदौ - सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार अपराह्न १ बजेबाट सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने भएको छ ।

यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
समाचार