शान्तिनगर गाउँपालिकाका बिद्यालयमा ५ दिनका लागि गर्मि बिदा

शुक्रबार, जेठ १८, २०८१

दाङ - दाङको शान्तिनगर गाउँपालिकाका बिद्यालयहरु ५ दिन सम्मका लगी बन्द हुने  भएको छ । अत्याधिक गर्मि बढेपछि १८ गतेदेखि २२ गतेसम्मका लागी संस्थागत तथा सामुदायिक बिद्यालय ५ दिनका लागी बन्द गर्ने निर्णय गरेको शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुमन पाण्डेले जानकारी दिनु भयो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना


केहिदिन यता अत्यधिक गर्मी बढेपछि पठनपाठनमा समस्या भएपछि बिद्यालय बन्द गर्ने निर्णयमा पुगिएको बताउदै शिक्षा शाखा प्रमुख पाण्डेले मौसममा सुधार भएमा बिद्यालय नियमित सञ्चालन हुने बताउनुभयो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
समाचार