Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय

बुधबार, असार १२, २०८१

भक्तपुर - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “नतिजा आज सार्वजनिक गर्ने तयारी रहेको र बैठक बसेर नमुना अभ्यास पनि गरियो, केही प्राविधिक काम बाँकी भएकाले भोलि बिहान पुनः बैठक बसेर नतिजा सार्वजनिक गर्ने छौँ ।” असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका रहेको थियो ।

बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्
समाचार