Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

शान्तिनगर गाउँपालिकाको आयोजनामा अक्षरसुधार कार्यशाला सुरु

सोमबार, असार २४, २०८१

दाङ - शान्तिनगर गाँउपालिकाको आयोजनामा बी पि नमुना मा वि,बिरेन्द्र मा वि, बुद्द मा वि , शिव शक्ति मा वि , हात्तिखाल जनशक्ति प्रा विमा डिभाइन इन्स्टिच्युट तुल्सिपुरको सहकार्यतामा बिद्यार्थी शिक्षक संयुक्त अक्षरसुधार कार्यशाला सुरु भयको छ ।

गाँउपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यातामा , वडा अध्यक्षहरुको विशिष्ट आतिथ्यतामा , बि व्य स अध्यक्ष हरुको अध्यक्षतामा बिद्यालयका प्र ।अ हरु द्वारा बिभिन्न विद्यालयमा कार्यक्रम संचालन भयको थियो।

अक्षरको महत्व बिद्यार्थी जिवनमा अत्यन्त महत्व रहेको भन्दै आफ्नो बाल्यकाल स्मरण गर्दै प्रमुख अतिथिले दिनमा धेरै अभ्यास गरेको बताउनु भयो । अक्षर लेख्ने टेक्निक जानेर अभ्यास निरन्तर गरिरख्यो भने बिद्यार्थीहरुमा राम्रो अक्षर लेख्ने बानिको बिकास हुने अध्यक्ष बस्नेतले बताउनु भयो, अहिले विश्व प्रविधिमैत्री बन्दै गैरहेको अबस्थामा जापान र युरोपियन देशहरु फेरि विद्यालयहरुमा प्रत्यक दिन दुइ घण्टा विद्यार्थीहरुले अनिवार्य लेख्नु पर्ने कानुन बनायको कुराले स्पष्ट बनाउदछ । स्क्रिनमा समय व्यतित गर्दा वच्चाहरु मा बिभिन्न प्रकारका शारिरिक , मानशिक र सम्वेगात्मक समस्याहरु देखियकाले सवै सम्स्याको समाधान भनेको हस्तलेखन भयको बताउनु भयो।शिक्षा शाखा प्रमुख सुमन पाण्डे ले बच्चाहरु मा एकाग्रता, स्मरण शक्ति को विकास र उनिहरु लाइ आत्मविश्वासि बनाइ हिनता को भाव बाट मुक्त गर्न यो कार्यक्रम गरियको र आउदा दिन मा सबै विद्यार्थी शिक्षक हरु का लागी क्रमशः गरिने वताउनु भयो । साभार लाइभदाङ

 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
समाचार