Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

नेपाल नर्सिङ संघ बंगलाचुलीले  ६२ औ राष्ट्रिय नर्सिङ दिवस मनायो

सोमबार, माघ १५, २०८०

दाङ - नेपाल नर्सिङ संघ बंगलाचुलीले पनि ६२औ राष्ट्रिय नर्सिङ दिवस तथा बार्षिक उत्सव मनाएको छ । नेपाल नर्सिङ संघ बंगलाचुली का अध्यक्ष तथा लोहारपानी स्वास्थ्य चौकिमा कार्यरत सिनियर अहेब लक्ष्मि थापाको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिको प्रमुख आतिथ्यतामा दिवस तथा वार्षिक उत्सब मनाइएको हो ।

बंगलाचुली गाउँपालिकाद्वारा सञ्चालित बंगलाचुली अस्पतालमा दिवस मनाइएको हो । कार्यक्रममा बंगलाचुली अस्पतालमा कार्यरत सिनियर अहेब दामोदर पुलामी, बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक इन्द्रा कुमारी घर्ती लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले नर्सिङ पेसा एउटा सम्मानित पेसा भएको बताउनुभएको थियो । उपाध्यक्ष जिसिले आफु पनि स्वाथ्य क्षेत्रमा अनुभवि रहेकाले नर्सिहरुको समस्यालाइ नजिकबाट हेरेको बताउनुभयो ।
साथै उहाँले बंगलाचुलीको स्वास्थ्य क्षेत्रलाइ सुधार गर्न नर्सहरुको मुख्य भुमिका रहेको बताउनुभयो ।

कार्यक्रममा बंगलाचुली अस्पतालका मेडिकल अधिकृत डाक्टर प्रकाश वली, वरिष्ठ ल्याब असिस्टेन्ट हरि प्रसाद घर्ती, सिनियर अहेब धन बहादुर पुन, पुतला केसि लगयातको उपस्थिती रहेको थियो ।बंगलाचुली अस्पतालका स्टाफ नर्स सम्झना कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण अनमि गोमा नेपालीले गर्नुभएको थियो । वि सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो र यसै उपलक्ष्यमा हरेक वर्ष माघ १५ गते यस दिवस मनाइन्छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्
समाचार