बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

शुक्रबार, कात्तिक १६, २०८१

दाङः दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही–१४ लुहासुरका ५५ वर्षिय नन्दबहादुर घर्तीको मृत्यु भएको हो । 
आज साँझ डुम्मरगाउँबाट मिलनचोकतर्फ जाँदै गरेको लु.प्र.०२००१ प ०७४६ नम्बरको मोटरसाइकलले घर्तीलाई आज बेलुका साढे ७ बजेतिर घोराही बसपार्कमा ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्रममा राती ८ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मोटरसाइकलको ठक्करबाट अर्का एक जना महिला घाइते भएको  प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घोराही–१४ कै ४५ वर्षिय मनमति नेपाली घाइते हुनुभएको छ । उहाँको प्रतिष्ठानमै उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक घोराही–१० नारायणपुरका २१ वर्षिय तिलक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्