नेपाल प्रिमियर लिग : पोखरा एभेन्जर्सले बोल्ट्सलाई दियो १३९ रनको लक्ष

बिहीबार, मंसिर २०, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं – नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा बिहीबार बिहान भएको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको चुनौती दिएको छ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्ड रोजेपछि पोखराले सुरुमा ब्याटिङ गरेको हो। पूरै २० ओभर खेल्दै पोखराले ७ विकेटको क्षतिमा १३८ रन बनाएको हो।

पोखराका लागि मार्कस क्रिचले सर्वाधिक ३५ रन बनाए । ३० बल खेलेका उनले तीन चौका र १ छक्का हिर्काएका हुन् । माइकल लेस्कले २५ रन बनाउँदा एन्ड्रिज गौसले २० रन जोडे । रेमन रेफरले १७ रन बनाएको खेलमा दिलिप नाथ ११, दिनेश खरेल १० रनमा समेटिँदा कप्तान कुशल भुर्तेल ६ रनमा आउट भए ।

पोखरालाई सस्तैमा समेट्न जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा ३१ रन दिएर तीन विकेट हात पारेका हुन्। जेमी निसमले दुई विकेट लिँदा किशोर महतो र मोहमद मोसिनले एकएक विकेट हात पारे।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्