सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर २५ जेठ - नेपाली सेनाले बङ्गलाचुली गाउँपालिकामा रहेको एतिहाँसीक गढी किल्लालाई मर्मत सम्भार गरेको छ । सेनाले किल्लाको मर्मत पछि एक कार्यक्रमकाविच बंगलाचुली गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
नेपाली सेनाका मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति प्रेमबहादुर पुनले बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनमगरलाई गढिलेख हस्तान्तरण गर्नुभएको थियो ।सो कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुली गाउँपालिकाको वडा नम्वर चारमा रहेको गढीकिल्लाको एतिहाँसिक क्षेत्रको संरक्षणका लागि पालिकाले भूमिका निभाउने बताउनु भयो। एतिहाँसिक तथा पुरातात्विक हिसावले निकै महत्व बोकेको गढि किल्लाको संरक्षणका लागि गाउँपालिका यस भन्दा पहिले पनि विभिन्न कामहरु गरेको अध्यक्ष पुनले बताउनुभयो । सो अवसरमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, नम्बर १९ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पदमबहादुर बुढा, सहायक प्रमुख जिल्लाधिकारी यज्ञबहादुर बुढा, बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा ,वडा नम्बर ४ का अध्यक्ष डाँसबहादुर डाँगी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी गणपती कुमार खड्काले बंगलाचुली गाउँपाललिका वडा नम्वर ४ स्थित गढि किल्लाको बारेमा जानकारी गराउनु भएको थियो । नेपाली सेनाको ऐतिहासिक गढी र किल्लाहरुको पहिचान, संरक्षण र जगेर्णा गर्ने नीति अनुसार यि गढीहरुको पहिचान गरी नं. १९ वाहिनी अड्डा अन्तरगतका गणहरुवाट मरामत संभार गरिएको हो ।
जुम्लेपानी गढीको एतिहाँसिक विवरण विभिन्न पुराना तथ्य तथा कथन अनुसार जुम्लेपानी गढी किल्ला अंग्रेज-नेपाल युद्धको दौरान धानखोला-लमही-घोराही तथा कोईलाबास-लमही-घोराही भएर माथीतर्फ आउने दुश्मनको फौजलाई प्रतिकार गर्न प्रयोग गरेको देखिन्छ । करीब २०० जना फौज सहित यस गढीमा कमाण्ड सम्हालेका कर्णेल कालु आलेले, यस क्षेत्रको सुरक्षा गर्न प्यूठानको ढुङ्गेगढी, रोल्पाको रुङकोटगढी- १, रुङकोटगढी-२, म्याग्जिनगढी र उमागढी समेतको डिफेन्सको सञ्जाल खडा गरेको देखिन्छ । यि गढीहरुले ईशारा गर्न रुङकोट गढीले जुम्लीपानी गढीको लागि, जुम्लीपानी गढीले ढुङ्गेगढीको लागि र ढुङ्गेगढीले प्यूठान खलङ्गाको लागि बन्दुक पड्काउने गरेको बुझिएकोले यि सबै गढीहरु एकआपसमा पूर्ण रुपमा सम्बन्धित रहेको देखिन्छ । त्यसैगरी कर्णेल कालु आलेले घोडाको प्रयोग गर्ने गरेको, गढीसम्म पुग्ने घोडेटो बाटो बनाएको, कर्णेल कालु आलेको छोरीको नामबाट कँवारीपानी (कुमारीपानी) र आफ्नै नामबाट कर्णेल पँधेरा समेत यस गढीको करीब ४०० मिटर उत्तरमा अझै रहेको पाईएकोले यस गढी धेरै छोटो समयको लागि प्रयोग भएको देखिदैन । साथै, गढीको बनावटलाई हेर्दा यो गढी केहि हतारमा बनाएको जस्तो देखिन्छ भने ६-७ हातको दुरीमा बन्दुकले फायर गर्ने प्वालहरु विशेष गरी दक्षिण तर्फ रहेकोले दक्षिण तर्फबाट आउने दुश्मनलाई मध्यनजर गरी बनाईएको पाईएको छ ।
यस गढीको पूर्व दक्षिण कुनामा थान रहेको र उत्तरतर्फ गढीको पर्खालको बाहिर सालको काठको धेरै पुराना खम्बाहरु हेकोले संभवत फौजले उक्त स्थान बासस्थानको रुपमा प्रयोग गरेको देखिन्छ । त्यसैगरी यस गढीमा प्रयोग भएका ढुङ्गाहरु यस स्थानको पश्चिम करिब ८०० मिटरको दुरीमा रहेको ढुङ्गाको खानीबाट निकाली प्रयोग गरेको पाईएको छ । साथै, यस गढीको पूर्वतर्फ सेना पिटी परेड खेल्न करीब २५० मिटर लामो र ३० मिटर चौडा केहि भिरालो स्थान प्रयोग गरेको देखिन्छ ।