बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सम्पन्न

बिहीबार, माघ ११, २०८०

दाङ - लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ । ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानकाे काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले जानकारी दिनुभयो । मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेकाे र स्थानीय तहका २१८ मत मध्ये २१६ मत खसेको र दुई मत खस्न बाँकी रहेकाे थियोे।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मतदानकाे समय ३ बजे सम्म रहेपनि बाँकेको नरैनापुर गाउँ पालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँ पालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानको काम सम्पन्न भएको हो।

दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र २१८ स्थानीय तहका प्रमुख उपप्रमूख गरि ३०५ मतदाता रहेका थिए भने ६ जना उम्मेदवार प्रतिष्पर्धामा छन्। अहिले मुचुल्का तयारीको काम भैरहेको र ३ बजेपछि मत गणनाकाे काम शुरु हुने निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्